पुस महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?


काठमाडौं, २९ मंसिर । वाणिज्य बैंकहरुले पुस महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कूल २० वटा वाणिज्य बैंकमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् ।

ब्याजदर घटाउने बैंकहरुमा ग्लोबल आइएमई, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल, बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम, प्रभु, कृषि विकास, नबिल, सानिमा, कुमारी, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंक छन् ।

सिटिजन्स, माछापुच्छ्रे, एनआईसी, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकको ब्याजदर भने स्थिर रहेको छ । पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंक र हिमालयन बैंकबाट प्राप्त गर्न सकिने छ । ग्लोबल र हिमालयन बैंकको ब्याजद अधिकतम ५.५ प्रतिशतसम्म रहेको छ ।

सबैभन्दा कम ब्याज दिने बैंकमा प्राइम कमर्सियल रहेको छ । नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.८३ प्रतिशत विन्दुमा झरेको छ । मंसिर महिनामा भने औषत व्याजदर ५.०४ प्रतिशत विन्दुमा रहेको थियो ।