ओलीसँग भिड्दै पोखरेल, उम्मेदवारी दर्ता गराए


काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशन गत मंसिर २७ गतेदेखि जारी रहेको छ । जारी महाधिवेशनको कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

योसँगै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भोलि (पुस १ गते) निर्वाचन हुने कार्यतालिका रहेको छ ।