काठमाडौं, २९ मंसिर । केपी शर्मा ओलीले नेकपा (एमाले) को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको ११औं महाधिवेशन गत मंसिर २७ गतेदेखि जारी रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा एमालेको ११औं महाधिवेशनको बन्दसत्र जारी रहेको छ । महाधिवेशन स्थलमा पुगेर ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि ओलीले दुई कार्यकाल एमालेको अध्यक्ष भएर भूमिका निर्वाह गरिसकेका छन् । यसपटक उनी तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
ओलीसँग वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।




प्रतिक्रिया