सरकारले बनायो उच्चस्तरीय राजनीतिक सम्वाद समिति, संयोजकमा कानूनमन्त्री सिन्हा


काठमाडौं, २९ मंसिर । सरकारले राजनीतिक दल र विभिन्न सरोकारवालाहरुसँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको छ । अहिले उक्त समितिको संयोजकमा कानूनमन्त्री अनिलकुमार सिन्हालाई संयोजक तोकिएको छ ।

आज अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो । सदस्यहरुमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल पनि समेटिएका छन् । पछिल्लो समय निर्वाचनको तयारीलगायत विभिन्न विषयमा छलफल गर्न वार्ता तथा छलफलको आवश्यकता औंल्याईएको थियो । यो समितिले अब दलहरुसँगको सरकारको दूरी कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ ।