काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेस तेह्रथुमले प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि पार्टी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको छ । गत २०७९ को निर्वाचनमा सो क्षेत्रबाट सीता गुरुङले जितेकी थिईन् । महिलामा प्रत्यक्षतर्फ चुनाव जित्ने कांग्रेस नेतृ गुरुङमात्रै हुन् । यसरी प्रत्यक्षमा जितेकी एकमात्र महिला गुरुङलाई समेत सिफारिस नगरी महामन्त्री थापाको एकल नाम सिफारिस गरिएको भन्दै तेह्रथुम कांग्रेसका असन्तुष्टि चुलिएको छ ।
नेतृ गुरुङले पनि आफूलाई तेह्रथुमबाट उम्मेदवार सिफारिस नगरिएकोप्रति असन्तुष्टि व्यक्त गरिन् । रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भनिन्,‘तेह्रथुमबाट महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको छ । अब कहाँबाट चुनाव लड्ने त ? आफ्नो क्षेत्र त्यही हो । महामन्त्रीजस्तो १०/२० ठाउँबाट सिफारिस हुने हाम्रो क्षमता छैन,’– उनले भनिन् ।
उनले अब काठमाडौं क्षेत्र नं. ४ बाट आफूू उम्मेदवार बन्न चाहेको पनि उनले बताईन् । काठमाडौं क्षेत्र नं. ४ यसअघि महामन्त्री थापाले जितेको क्षेत्र हो । नेतृ गुरुङले भनिन्, ‘उहाँ (गगन) उता जानुभएपछि त्यही क्षेत्र खाली हुन्छ । म त्यही क्षेत्रमा बस्छु् । टिकट दिए भने त्यहाँ (काठमाडौं क्षेत्र नं. ४) बाट पनि उठ्न सक्छु । पार्टीले टिकट दिँदा उठ्छु नि ।’




प्रतिक्रिया