काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानूपातिकतर्फ दुवैबाट उम्मेदवारको नाम सिफारिश भएको छ । समानुपातिकतर्फ गोपालप्रसाद पोखरेलसहितको नाम सिफारिश भएको छ । पोखरेल कांग्रेसनिकट निजामती कर्मचारी युनियनका पूर्वअध्यक्ष हुन् । पोखरेल सुनसरीमा कांग्रेसको सक्रिय नेताको रुपमा परिचित छन् ।
सो क्षेत्रमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा भने नेताहरु राजीव कोइराला, राजीव ढुंगाना र सीताराम महतोको नाम सिफारिश भएको छ । यस्तै, समानुपातिकतर्फ पोखरेलसहित खस आर्यबाट किरण पोखरेल, रमेश पोखरेल (अपांग), तेजप्रसाद सुवेदी र खेमराज दाहालको नाम सिफारिश भएको छ ।
यस्तै, मधेशीतर्फबाट मोहन मेहताको नाम सिफारिश गरिएको छ । यस्तै, महिलाबाट सो क्षेत्रको समानुपातिकतर्फबाट नवोदिता चौधरी, दिलकुमारी राई, शुशिला चौधरी, बविता चौधरी र सरिता आङदम्वेको नाम सिफारिश भएको छ । यस्तै, दलितबाट भने चन्द्रेश्वर शर्मा खत्वेको नाम सिफारिश भएको छ ।




प्रतिक्रिया