काठमाडौं, १ पुस । नेकपा (एमाले) का नेता रघुवीर महासेठले आफ्नै इतिहास हेरेर महाधिवेशन प्रतिनिधिहरुले उप–महासचिव पदमा विजयी गराउने विश्वास व्यक्त गरेका छन् । महासेठ केपी शर्मा ओलीको प्यानलबाट उपमहासचिवको उम्मेदवार बनेका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता महासेठले केपी शर्मा अोली र उनको टिममा रहेका कोही उम्मेदवारले नहार्ने बताए । ओलीले हारेको खण्डमा पनि पार्टीको हितमा नै काम गर्ने उनले बताए ।
नेता महासेठले एमालेले देश, जनता र युवा पुस्ताको लागि काम गरेर अहिलेको ठाउँमा आइपुगेको बताए । उनले एमाले युवा पुस्ताको विरोधमा नरहेको बताए ।




प्रतिक्रिया