ओलीले मलाई केन्द्रीय सदस्यमा पनि नराखेपछि उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएँः आनन्द पोखरेल (भिडिओसहित)


काठमाडौं, १ पुस । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आफू केपी शर्मा अ‍ोली र ईश्वर पोखरेल दुवै समूहबाट उपमहासचिवको साझा उम्मेदवार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा यो महाधिवेशनमा सबैको भोट लिएर ‘म्यान अफ द इलेक्सन’ को रुपमा जित्ने उनले बताए । उनले आफूले कुनै गुट पनि परिवर्तन नगरेको, ओलीले केन्द्रीय सदस्यको लिस्टमा समेत नराखेपछि स्वतन्त्र रुपमा आधिकारिक उम्मेदवारी दिएको बताए ।

‘मैले गु्ट परिवर्तन गरेको होइन । केपी शर्मा अ‍ोलीले नै मलाई बाध्य बनाएको हो । मलाई उहाँले केन्द्रीय सदस्यको लिस्टमा पनि राख्नुभएन । मैले अहिले कसैको गुटमा भन्दा पनि स्वतन्त्र ढंगले उपमहासचिव पदमा उम्मेदवारी दिएको छु् । एमालेको आधिकारिक उम्मेदवार म हुँ,’– उनले भने ।

अहिले पदाधिकारी भएर सेवा गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले बताए । ओलीले आनन्द पोखरेलको उपदेयता सकियो भन्ने सोचेको हुन सक्ने पनि नेता पोखरेलले बताए । ‘म केपी कमरेडको पनि उम्मेदवार हुँ, ईश्वर पोखरेलको पनि उम्मेदवार हुँ,’– उनले भने ।