काठमाडौं, १ पुष । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । नख्खु कारागार पुगेर उनले लामिछानेसँग भेट गरेका हुन् ।
पछिल्लो समय नख्खुमा राजनीतिक व्यक्तित्वहरुको जमघट बढ्न थालेको छ । २१ फागुनको निर्वाचनलाई केन्द्रमा राखेर विभिन्न नेताहरुले लामिछानेसँग भेटवार्ता गरिरहेको बेलामा आज लिङ्देनले लामछिानेसँग भेट गरेका हुन् ।




प्रतिक्रिया