काठमाडौं, पुस २ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुँदैछ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार राति विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या आएपछि स्थगित भएको मतदान प्रक्रिया अहिले बिहान ८ बजेदेखि सुरु हुन लागेको हो।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसिसकेका छन् । यसअघि हिजो बिहान ९ बजेबाट हुने भनिएको मतदान दिउँसो ४ बजेका लागि सरेको थियो । मतदान प्रक्रिया साँझ ८ बजेसम्म पनि सुरु हुन नसकेपछि एमाले केन्द्रीय निर्वाचन अहिले ८ बजेदेखि मतदान सुरु गर्न लागेको हो । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दै छन्। उनीहरु प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो । चुनावी प्रक्रियामा गएर नेतृत्व चुन्ने प्रक्रिाय सुरु भएपछि महाधिवेशन लम्बिएको छ । महाधिवेशन लम्बिदा भृकुटीमण्डममा पूर्व निर्धारित आजको कार्यक्रम प्रभावित भएको छ ।




प्रतिक्रिया