एमाले महाधिवेशन : नेतृत्व चयनको लागि मतदान जारी, आजै राति अबेरसम्म नतिजा आईसक्ने


काठमाडौं, २ पुष । नेकपा (एमाले) को ११औं महाधिवेशनमा नेतृत्व चयनको लागि मतदान जारी छ । विहान ८ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म ४०० भन्दा बढिले मतदान गरिसकेको जनाईएको छ। आज राति ९ बजेभन्दा अघि नै मतदान भइसक्ने भनिएको छ।

विद्युतीय मतदान मेसिनबाट मतदान भएकोले नतिजा पनि आजै आउने भनिएको छ । अध्यक्षमा केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चूनौति पेश गरेका छन् । यस्तै, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा भइरहेको छ । तीन सय एक सदस्यीय नेतृत्व चयनका लागि दुई हजार दुई सय त्रिसठ्ठी जना महाधिवेशन प्रतिनिधि (मतदाता) यो नेतृत्व चयन प्रक्रियामा सहभागी भएका छ्न ।