काठमाडौं, २ पुस । नेकपा (एमाले) का नेता सूर्यबहादुर थापा क्षेत्रीले जेन–जीहरुले महाधिवेशनमा केपी शर्मा ओलीको विरुद्धमा माहोल बनाएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जीहरुलाई आफ्नो थान्कोमा बस्न आग्रह गरे । केही जेन–जीहरुले ओलीलाई भोट नहाल्नुस् भन्दै हिँडेको आफूले थाहा पाएको नेता थापा क्षेत्रीलेब ताए । उनले त्यस्तो नगर्न आग्रह गरे ।
उनले भने, ‘केही जेन–जी भाइबहिनीहरु केटाकेटीहरु चाहिँ केपी ओलीलाई भोट नहाल्नुस् भनेर नचाहिने काम गर्दै बोली हिँडेको पनि मैले पाएको छु् । उनीहरुले आफ्नो काम गरुन् । जेन–जी पुस्ताको आकांक्षाका कुरा गरुन् । एमालेको बारेमा बोल्ने तिनले के अधिकार राख्छन् ? म तिनीहरुलाई भन्न चाहन्छु– आफ्नो थान्कोमा बस भाइबहिनी हो ।’
उनले यसपटकको महाधिवेशन ओली र उनको टिमले जित्ने नेता थापा क्षेत्रीको दाबी छ । उनी पनि ओलीको समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । ‘ओलीको नेतृत्व, उनको अध्यक्षता र उहनँको टिममा रहेका पदाधिकारीहरुले चुनाव जित्नुहुन्छ । ओलीलाई काम गर्न सहज टिम दिनुपर्छ भन्ने महाधिवेशन प्रतिनिधिहरुको आम भावना छ । आम रुपमा पार्टीका नेतृत्वको हातखुट्टा बाँधेर पार्टी अगाडि बढ्दैन । आफ्नो नीति र नेतृत्व क्षमताको साथ प्रदर्शन गर्ने अवसर नेतृत्वलाई रहन दिनुपर्छ भन्ने आम मतदाताको भावना रहेको छ,’– उनले भने ।
ओलीले २१ वर्ष कोशिस गरेर एमालेको अध्यक्ष बनेको स्मरण गराउँदै उनले ईश्वर कमरेडले भर्खरै २१ दिन कोशिस गरेको भरमा अध्यक्ष बन्न असम्भव रहेको दाबी गरे । उनले अहिले पोखरेल भन्दा पनि ओलीको टिम देश, जनता र आम एमालेले चाहेको उनको दाबी छ । यसपटकको महाधिवेशनमा धेरै मिक्स पनि नहुने र ओली समूहका उम्मेदवार सबैले जित्ने उनको दाबी छ ।
‘मैले देख्दाखेरी धेरै मिक्स हुन जरुरी छैन । आजको एमालेमा विचारमा खिचडीपन चाहिएको छैन । एमालेविरुद्धको घेराबन्दीविरुद्ध कर्मी मौरीजसरी जुटेर नेतृत्वको प्रतिरक्षा गरेर पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने हाम्रो महाधिवेशनभित्रको मनोदशा हो,’– उनले भने ।




प्रतिक्रिया