काठमाडौं, २ पुस । नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत मतदान जारी रहेको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको मतदानमा अहिलेसम्म् ४ सय १५ मत खसेको बताइएको छ ।
गत मंसिर २७ गतेबाट सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आजबाट निर्वाचन सुरु भएको हो । विहानदेखि सुरु भएको निर्वाचनमा मतदानको कार्य सुस्त भइरहेको बताइएको । निर्वाचनमा २ हजार २ सय ६३ जना मतदाता (महाधिवेशन प्रतिनिधि) रहेका छन् ।
नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको बेलामा नेता तथा कार्यकर्ताहरु भने मतदानस्थल बाहिर बसेर आ–आफ्नो पक्षमा मत मागिराखेका छन् । निर्वाचनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।




प्रतिक्रिया