काठमाडौं, पुस ३ । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान ६:३० बजे सम्म जारी रहेको थियो ।
महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमाले नेतृ उषाकिरण तिमिल्सीनाका अनुसार कुल मतदाता २२६३ मध्ये
२२२७ खसेको छ । ३६ जना विभिन्न कारण उपस्थित हुन नसकेको एमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ।
बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने तयारी निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया