काठमाडौं, पुस ३ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक सहभागिताले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश दिएको बताएका छन् । भदौको अन्तिम साताका घटनाक्रम पश्चात् मूलधारका राजनीतिक पार्टीहरूको सान्दर्भिकता समाप्त भयो भनेर निर्माण गरिएको भाष्यलाई मङ्सिर २७ गते सल्लाघारीमा उपस्थित विशाल जनसहभागिताले खण्डित गरेको उनले फेसबुकमा उल्लेख गरेका छन् ।
अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको मतदान प्रक्रियाले पछिल्ला राजनीतिक घटनाक्रमपछि मूलधारका राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्यलाई एमालेले व्यवहारबाटै खण्डन गर्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको उनको भनाई रहेको छ ।
उनले लेखेका छन्, ‘नमस्कार, सुप्रभात ! २२६३ प्रतिनिधिमध्ये २२२७ ले मतदान गर्नुभएसँगै नेकपा (एमाले) को ११ औँ महाधिवेशनको मतदान प्रक्रिया समाप्त भएको छ ।
भदौको अन्तिम साताका घटनाक्रम पश्चात् मूलधारका राजनीतिक पार्टीहरूको सान्दर्भिकता समाप्त भयो भनेर निर्माण गरिएको भाष्यलाई मङ्सिर २७ गते सल्लाघारीमा उपस्थित विशाल जनसहभागिताले खण्डित गरेको थियो भने नेतृत्व निर्माणका लागि भएको स्वस्थ, सौहार्द एवं कमरेडली प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको छ ।
मलाई लाग्छ, यी दुबै विषयको सकारात्मक प्रभाव पार्टीको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमै पर्नेछ । सबैको जय होस् !
नेतृत्व चयनका लागि हिजो बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको छ । कुल २२ सय ६३ प्रतिनिधिमध्ये २२ सय २७ जनाले मतदान गरेका छन् । विद्युतीय मतदान मेसिनमार्फत सम्पन्न मतदानमा ९८ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।




प्रतिक्रिया