एमाले महाधिवेशनः पोखरेलभन्दा ओली झण्डै दोब्बर मतले अघि


काठमाडौं, ३ पुस । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना कार्य जारी रहेको छ । जम्मा खसेको मत संख्या २ हजार २ सय २७ मध्ये एक हजार एक सय ३९ मत गणना गर्दा अध्यक्षमा केपी शर्मा ओलीले ८ सय ४३ मत पाएका छन् । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी ईश्वर पोखरेलले दुई सय ९६ मत पाएका छन् । अहिलेसम्म पोखरेलभन्दा ओली भण्डै दोब्बर मतले अगाडि छन् । ओली पोखरेलभन्दा ५ सय ४७ मतले अगाडि छन् ।

त्यसैगरी, उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ ९ सय, गोकर्ण विष्ट ७ सय १३ मत, गुरु प्रसाद बराल ५८५, रघु जी पन्त ६१७, रामबहादुर थापा बादल ७७४, अरुण नेपाल २२३, टकं प्रसाद कार्की १८६, पर्शुराम मेघि गुरुङ्ग ३३४, भिम प्रसाद आचार्य १४३, विन्दा पाण्डे ४७४ र विष्णु प्रसाद पौडेलले ८४६ मत पाएका छन् ।

त्यसैगरी महासचिवमा शंकर पोख्रेलले ६१३ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डे ५२६ मत पाउन सफल भएका छन् । उपमहासचिवमा आनन्द प्रसाद पोख्रेल ३३४, योगेश भट्टराई ७०९, रघुविर महासेठ ६८९, राजेन्द्र प्रसाद गौतम १४०, लेखराज भट्ट ७३४, विष्णु प्रसाद रिमाल ५४० वैजनाथ चौधरी २७१ मत पाएका छन् ।

त्यसैगरी सचिवमा अग्नि प्रसाद खरेल ३७७, इन्द्रलाल साप्कोटा २०९, कर्णबहादुर थापा ४४४, कृष्ण गोपाल श्रेष्ठ ३२५, खगराज अधिकारी ६८०, गोकुल प्रसाद बास्कोटा ५२८ छविलाल विश्वकर्मा ७६९, ठाकुर प्रसाद गैरे स् ४६२, पद्मा कुमारी अर्याल ७७८ पुरुषोत्तम पौडेल २३०, पेम्बा लामा २५५, भानुभक्त ढकाल ५५२, महेश बस्नेत ७८३, यमलाल कडेल ६२६, रचना खड्का ४५९, राजन भट्टराइ ५८१, लाल बाबु पण्डित ३९९, विनोद प्रसाद ढकाल ३५५, शेरधन राई ७६७, हिक्मत कुमार कार्कीले ६७२ मत पाएका छन् ।