एमाले महासधिवेशन : उपमहासचिवमा लेखराज भट्ट अगाडि, दोस्रोमा योगेश भट्टराई


काठमाडौं, ३ पुष । नेकपा (एमाले) को ११औं महाधिवेशनमा मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अन्तर फराकिलो बनाएका छन् । महासचिवमा शंकर पोखरेलले अघि छन् । तर, उनलाई सुरेन्द्र पाण्डेले कडा टक्कर दिएका छन् ।

यस्तै, उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ अघि छन् । भट्टले ७३४ मत ल्याउँदा भट्टराईले ७०९ मत ल्याएका छन् । यस्तै, रघुवीर महासेठले ६८९ मत ल्याएका छन् ।

यस्तो छ उपमहासचिवको मतगणनाको पछिल्लो अपडेट :

आनन्द प्रसाद पोख्रेल- ३३४
योगेस भट्टराइ – ७०९
रघुविर महासेठ -६८९
राजेन्द्र प्रसाद गौतम – १४०
लेखराज भट्ट -७३४
विष्णु प्रसाद रिमाल – ५४०
वैजनाथ चौधरी -२७१