एमाले महाधिवेशन : सचिवमा महेश बस्नेत अगाडि, कसको कति मत ?


काठमाडौं, ३ पुष । नेकपा (एमाले) को ११औं महाधिवेशनमा मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अन्तर फराकिलो बनाएका छन् । महासचिवमा शंकर पोखरेलले अघि छन् । तर, उनलाई सुरेन्द्र पाण्डेले कडा टक्कर दिएका छन् । यस्तै, उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ अघि छन् । भट्टले ७३४ मत ल्याउँदा भट्टराईले ७०९ मत ल्याएका छन् । यस्तै, रघुवीर महासेठले ६८९ मत ल्याएका छन् ।

सचिवमा भने महेश बस्नेत अगाडि छन् । उनले ७ सय ८३ मत ल्याएर आफ्नो अग्रता कायम राखेका छन् । दोस्रोमा पद्यमा अर्याल छिन् भने तेस्रोमा छविलाल विश्वकर्मा छन् । अर्यालले ७ सय ७८ मत ल्याएकी छिन् । विश्वकर्माले ७ सय ६९ मत ल्याएका छन् ।

मत संख्या ( जम्मा खसेको मत संख्या २२२७ मध्ये गन्ती संख्या- ११३९

अध्यक्ष :

केपी शर्मा ओली : ८४३

ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५

गोकर्ण राज विष्ट : ७१३

टकं प्रसाद कार्की : १८६

पर्शुराम मेघि गुरुङ्ग : ३३४

पृथ्वी सुव्वा गुरुङ : ९००

भिम प्रसाद आचार्य : १४३

रघु जी पन्त : ६१७

रामबहादुर थापा बादल : ७७४

विन्दा पाण्डे : ४७४

विष्णु प्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३

सुरेन्द्र प्रसाद पाण्डे :५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४

योगेस भट्टराइ : ७०९

रघुविर महासेठ : ६८९

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट : ७३४

विष्णु प्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७

इन्द्रलाल साप्कोटा : २०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुल प्रसाद बास्कोटा : ५२८

छविलाल विश्वकर्मा : ७६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ७७८

पुर्सोतम पौडेल : २३०

पेम्वा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यमलाल कडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लाल बाबु पण्डित : ३९९

विनोद प्रसाद ढकाल : ३५५

शेरधन राई : ७६७

हिक्मत कुमार कार्की :६७२