एमालेको अध्यक्षमा ओली तेस्रो पटक भारी मतका साथ निर्वाचित


काठमाडौं, ३ पुस । नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । पार्टीको ११औं महाधिवेशनमा ओलीले कूल १ हजार ६ सय ६२ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । कूल खसेको मतमध्ये ओलीले झण्डै ७५ प्रतिशत मत पाएर एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् ।