एमालेको उपमहासचिवमा महासेठ, भट्ट र भट्टराई निर्वाचित


काठमाडौं, ३ पुस । नेकपा (एमाले) को उपमहासचिवमा रघुवीर महासेठ, योगेश भट्टराई र लेखराज भट्ट निर्वाचित भएका छन् । एमाले निर्वाचन आयोगका अनुसार भट्टले १४५२, महासेठले १३६८ र भट्टराई १३४८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उपमहासचिवमा निर्वाचित भएका भट्ट र महासेठ केपी शर्मा ओली प्यानलका उम्मेदवार हुन् भने भट्टराई ईश्वर पोखरेल प्यानलबाट उपमहासचिवको उम्मेदवार बनेका थिए । एमालेको अध्यक्षमा भने सर्वाधिक मत ल्याएर ओली निर्वाचित भएका छन् ।