एमाले महाधिवेशनः यी हुन् निर्वाचित उपाध्यक्षहरु


काठमाडौं, ३ पुस । नेकपा (एमाले) का उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । एमालेको ११औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि बुधबार निर्वाचन भएको थियो । उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर गुरुङ निर्वाचित भए । गुरुङले १७३७ मत प्राप्त गरेका छन् ।

त्यसपछि पौडेलले १६७५ मत, बादलले १५१६, विष्टले १३६८ र पन्तले १२५८ मत प्राप्त गरेका छन् । एमालेको विधान महाधिवेशनले ५ जना उपाध्यक्ष रहने व्यवस्था गरेको थियो । एमालेको अध्यक्षमा भने सर्वाधिक मत पाएर केपी शर्मा ओली निर्वाचित भएका छन् ।