काठमाडौंकी उपमेयर डङ्गोल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित


काठमाडौं, ४ पुस । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । एमालेको ११औं महाधिवेशनमा उनी ४० वर्षमुनिका युवाबाट प्रतिस्पर्धामो उत्रिएकी थिईन् ।

डङ्गोलले १ हजार ६ सय ६८ मत पाएकी छिन् । उनका प्रतिस्पर्धी राजन थापाले २ सय २९ र सन्तोष खड्काले ३ सय ३० मत पाएका छन् । एमालेको अध्यक्षमा भने ईश्वर पोखरेललाई हराउँदै केपी शर्मा ओली सर्वाधिक मतले निर्वाचित भएका छन् ।