रवि लामिछानेलाई रिहा गर्न आदेश


काठमाडौं, ३ पुष । उच्च अदालत बुटवलले रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न अदालतले आदेश दिएको हो ।

रविलाई रिहा गर्दा अदालतले अघि सारेको शर्तमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिने भनिएको छ । प्रतिवादीले निवेदन साथ पेश गरेको बैंक जमानत (ग्यारेन्टी) २ करोड ७४ लाख ८४ हजार बिगोको हकमा सुरक्षित गर्नै भनिएको छ ।