एमालेले बोलायो नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक


काठमाडौं, ३ पुष । नेकपा (एमाले) को ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ ।

भोलि (शुक्रबार) दिउँसो १ बजेको लागि बबरमहलमा बस्नेगरि केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले आज शपथ लिएका छन् ।