काठमाडौं, ४ पुष । जेनजी आन्दोलनका अगुवामध्येका एक पुरुषोत्तम यादव रवि लामिछाने नेतृत्वको रास्वपा प्रवेश गरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा उनी रास्वपाको प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा राखिएका छन् ।
यादव स्वयमले सिराहा–४ बाट चुनाव लड्ने भनेका थिए । अहिले रास्वपाबाट समानुपातिकतर्फ प्रारम्भिक सूचिमा यादवको नाम समावेश भएपनि उनी पार्टीले चुनाव लड्ने मनस्थितिमा छन् ।




प्रतिक्रिया