सुन्दर मूर्ति


–युवराज कोइराला

हारेर जिन्दगीमा जित्ने रहर नभएदेखि
लडेको मान्छेलाई उठ्ने रहर नभएदेखि
तिमी महान् कसरी बन्छौ
हजारौं दुःखकष्टमा नजुधेदेखि ।

आगोमा हिँड्न सक्नुपर्छ
पानीमा पौडन सिक्नुपर्छ
लड्दै, उठ्दै, घिस्रँदै अनि अघि बढ्दै
जिन्दगी जिउन सिक्नुपर्छ ।

तिमीले हारेर कहाँ हुन्छ
तिमी त एउटा सुन्दर मूर्ति हौ
जो हजारपटक कालीगढको औजारबाट कुटिएर
चोट खाँदा खाँदा सहेर तयार हुन्छ ।

कागेश्वरी मनोहरा–६ मूलपानी काठमाडौं