डा. शर्माले १५औं महाधिवेशनमा सहमहामन्त्रीमा दाबी पेश गरे, नदिए महामन्त्रीमा उम्मेदवारी दिने घोषणा


काठमाडौं, ४ पुष । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले यही पुष २६ गतेबाट हुने पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्रीमा दाबी पेश गरेका छन् ।तर, सहमहामन्त्रीमा उठ्न नदिईए महामन्त्रीमा उम्मेदवारी दिने शर्माको घोषणा छ ।

आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर शर्माले आफूले नेताहरुसँग सहमहामन्त्रीमा उम्मेदवारी दिनेबारे परामर्श गरेको सुनाए । तर, शीर्ष नेताहरुले सहमहामन्त्रीमा उठ्न नदिए महामन्त्री वा उपसभापतिमा उम्मेदवारी दिने उनको घोषणा छ ।

उनी डा. शेखर कोइरालानिकट नेता मानिन्छन् । पछिल्लो समय उनले १५औं महाधिवेशनमा पदाधिकारीमा उठ्नेगरि गृहकार्य गरेका छन् । राजनीतिको अलावा मेडिकल व्यवसाय र समाजसेवामा समेत सक्रिय शर्मा नेपाली कांग्रेसभित्र लोकप्रिय नेता मानिन्छन् ।