काठमाडौं, ५ पुष । नेकपा (एमाले) का नवनिर्वाचित सचिव डा. राजन भट्टराईले भदौ २३ र २४ गतेको जेनजी आन्दोनलमा भएको दमनको छानबिन गर्न बनेको जाँचबुझ आयोग नै पूर्वाग्रही रहेको आरोपल गाएका छन् । उनले भने,‘हाम्रोविरुद्ध जुनखालको अभियान चलाईएको छ, र बदमासी गरिएको छ, यसको आधारमा हामी के भन्छौं भने यो आयोग र यसको नेतृत्व पूर्वाग्रही छ। यसले जबरजस्ती रुपमा दोषी करार गर्न कोशिष गरिरहेको छ, किनभने यसको प्रमुखले पहिल्यै नै दोष ीभनेर किटान गरिदिएको छ ।’
जाँचबुझ आयोगले प्रहरी लगाएर पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने तयारी गर्नुभएको छ नि भनेर पत्रकार ऋषि धमलाले राखेको प्रश्नमा नेता भट्टराईले त्यसो गरिए एमालेले प्रतिक्रिया जनाउने चेतावनी दिए । उनले भने,‘अब उहाँले त्यसो गरे उहाँले त्यसको प्रतिक्रिया पनि त्यसपछि बुझ्नुहुन्छ नि त । यो देशको सबभन्दा ठूलो पार्टी र त्यसको सबभन्दा ठूलो नेतालाई जबरजस्ती गर्दा के हुँदो रैछ भन्ने परिणाम गौरीबहादुर कार्कीले पनि थाहा पाउनुहुन्छ, अरुले पनि त्यतिखेर थाहा पाउनेछन् । त्यही त उहाँले गरेर देखाउनुहोस न, हामी के गर्दौ रहेछौं, हामीलाई यो मान्य हुँदैन । हामी यसको भण्डाफोर गर्छौं । जनताले साथ दिन्छन् ।’
उनले कांग्रेस र एमालेमात्रै नभएर अरु धेरै दललाई पनि मिलाएर संसद् पुनःस्थापना गरिने दाबी गरे । उनले डिरेल भएको डेमोक्रेसीलाई ट्रयाकमा ल्याई अर्ली ईलेक्शनमा जाने बताए । उनले २१ फागुनमा चुनाव नहुने ठोकुवा गरे । अहिलेसम्म सुरक्षाको प्रत्याभूति वर्तमान सरकारले दिलाउन नसकेको उनको आरोप छ ।
उनले भने,‘सुरक्षाको प्रत्याभूति, निश्पक्षताको प्रत्याभूति, परिणामलाई स्विकार गर्ने अनुभूति गर्ने कुरा यो सरकारले गर्न नसक्ने भएर नै हामीले सर्वपक्षीय सरकार बनाउनुपर्छ भनेको हो, संसद् पुनःस्थापना गरेर सर्वपक्षीय सरकार बनाउनुपर्छ । सडकको भावनापनि प्रतिनिधित्व गरौं, र संसद्को पनि प्रतिनिधित्व गरौं, सर्वपक्षीय सरकार बनाईसकेपछि निर्वाचनको तयारी गरोस । त्यसो गर्दा करिब ६–८ महिनापछि निर्वाचन हुने वातावरण बन्छ ।’




प्रतिक्रिया