पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाने


काठमाडौं, ६ पुष । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाने भएका छन् । उनको सचिवालयले आज एक वक्तव्य जारी गरेर भट्टराई आज भारत प्रस्थान गर्न लागेको जानकारी गराएको हो ।

भ्रमणको क्रममा उनले भारतका बौद्धिक, कुटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार विमर्श गर्ने जनाईएको छ ।

उनी पुष ९ गते नेपाल फर्किने कार्यतालिका सार्वजनिक गरिएको छ । सचिवालयले डा. भट्टराईको भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास लिएको छ ।