काठमाडौं, ६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने आज पार्टी मुख्यालय पुगेका छन् । सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि जेलमा रहेका लामिछाने हालैको आदेशबमोजिम बिगोबराबरको रकमको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । उनी रिहा भएलगत्तै चितवनमा सार्वजनिक सम्बोधन गरेर हिजोमात्रै काठमाडौं फर्किएका हुन् ।
उनको व्यस्तता बढ्दो छ । काठमाडौं ओर्लिनेबित्तिकै जेनजी शहिद परिवारका सदस्यहरुसँग भेटेका लामिछाने आज पार्टी मुख्यालय पुगेका हुन् । वनस्थलमा रहेको घण्टीघरमा उनलाई उपसभापति डिपी अर्यालले कार्यकक्षमा स्वागतमा गरेका हुन् । लामिछानेले अहिले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ । रास्वपाको मुख्यालयको आँगनमा मिडियाकर्मीहरुको बाक्लो उपस्थिति छ ।





प्रतिक्रिया