काठमाडौं, ६ पुष । कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरको गुण्डागर्दीविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । समाजले संविधानले दिएको पेशा व्यवसाय गर्ने अधिकारको पूर्ण ग्यारेन्टी गर्नुपर्ने माग अघि सारेको छ। यस्तै, कवाड व्यवसायी, संकलक र मजदुरमाथि भईरहेको कुटपिट, अपहरण, ज्यादती, संरचना भत्काउनेजस्ता कार्यहरु तत्काल रोक्नुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगरका प्रहरी र जिम्मेवार व्यक्तिहरुलाई कानूनी कारबाही गर्नुपर्नेलगायतका उनीहरुको माग छ ।
समाजका अध्यक्ष राम केवल गुप्ताले काठमाडौं महानगरले कवाड व्यवसायीहरुलाइृ हटाउन खोजेको भन्दै सरकारसमक्ष तत्काल व्यवसायी, संकलक र मजदुरको जिउधनको रक्षाको लागि कदम चाल्न माग गरे । उनकाअनुसार यो पेशामा हाल एक लाख मानिस प्रत्यक्ष रोजगारमा आवद्ध छन् ।

काठमाडौं महानगरले विगत दुई वर्षदेखि आफूहरुमाथि अन्यायपूर्ण कार्य गरेको र शारिरिक कुटपिट, भौतिक संरचना भत्काउने, समान जफत गर्ने, अपहरण गर्ने र मानिसक त्रास सिर्जना गर्ने गरेको पनि गुप्ताको आरोप छ । उनले संविधानले दिएको पेशा तथा व्यवसाय गरेर खान पाउने आफूहरुको मौलिक हक हनन भएको पनि उनको गुनासो छ ।
यस्तै, ओमप्रकाश सिंहले कवाड व्यवसायीहरूले मुलुकमा सञ्चालित धातुजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको भएपनि काठमाडौं महानगरपालिकाले व्यवसायीमा अन्याय गरिरहेको बताएका छन् । उनले कवाड व्यवसायले देशको व्यापार घाटा घटाउन, राजश्व संकलन बढाउन र वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पु(याउँदै आएको दाबी गरे ।
यस्तो छ समाजको विज्ञप्ती





प्रतिक्रिया