काठमाडौं, पुस ७ । आज निर्वाचन आयोगले प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ । २१ फागुनका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनको विषयमा आयोगले छलफल गर्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो १ बजे छलफल हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिए ।
उनका अनुसार आगामी चुनावको विषयमा केन्द्रित भएर छलफल हुने छ । छलफलमा आयोगले हालसम्मको चुनावको तयारीबारे गरेका काम कारबाहीबारे पनि जानकारी दिने कार्यक्रम रहेको उनले बताए । उक्त छलफलमा राजनीतिक दलका नेता तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई समेत बोलाइएको छ ।




प्रतिक्रिया