काठमाडौं, ७ पुष । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । ११औं महाधिवेशनबाट अध्यक्षमा भारी मतले विजयी भएपछि ओली देउवालाई भेट्न आज उनको निवासमा पुगेका हुन् । यसअघि पनि ओली दम्पत्तिले देउवा दम्पत्तिसँग भेट गरेको थियो ।
आजको भेटमा भने ओलीले साथमा महासचिव शंकर पोखरेललाई पनि लगेका छन् । कांग्रेस र एमालेले संसद् पुनःस्थापनाको माग गर्दै बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । आजमात्रै उनीहरु पूरक रिट निवेदन लिएर अदालत जाने तयारीछ छ । यही अवस्थामा देउवा दम्पत्तिलाई भेट्न ओली आज उनको निवासमा पुगेका हुन् ।






प्रतिक्रिया