काठमाडौं, ७ पुष । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भदौ २३ र भदौ २४ गतेको घटनाको बारेमा मानवअधिकार आयोगको कार्यालयमा पुगेर बयान दिएका छन् । आयोगले शाहलाई बयानको लागि बोलाएको थियो । मेयर शाह आज आयोगको कार्यालयमा पुगेर बयान दिएका हुन् । जेनजी आन्दोलनको क्रममा भएको घटनाको बारेमा आयोगले पनि अनुसन्धान जारी राखेको छ ।
उता, जाँचबुझ आयोगले पनि छुट्टै अनुसन्धान अघि बढाएको छ । जाँचबुझ आयोगले यही हप्ताभित्र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसँग बयान लिने भनिएको छ । उनीहरुलाई बयानको लागि पत्राचार गरिएको बताईन्छ । file photo




प्रतिक्रिया