काठमाडौं, ८ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग निरन्तर भेटवार्ता गरेका छन् । लामिछाने हालै अदालतको आदेशअनुसार सहकारी ठगी प्रकरणमा बिगोबराबरको रकम बैंक ग्यारेन्टीमार्फत बुझाएर रिहा भएका छन् । उनी रिहा भएसँगै उनको राजनीतिक सक्रियता बढिरहेको छ ।
रिहा भएलगत्तै चितवनमा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका लामिछानेले काठमाडौंमा भने पार्टी कार्यालयमा पुगेर सम्बोधन गरेका थिए । उनले जेनजी आन्दोलनका शहिद परिवारका सदस्यहरुलाई भेटिसकेका छन् । योबीचमा उनले काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग लगातार छलफल गरेका छन् ।
तर, हिजो (सोमबार) राति अबेरसम्मको छलफलले भने तरंग पैदा गरेको छ । रास्वपाका नेता तथा पूर्व सांसद अषिम शाहको कार्यालयमा भएको भेटमा दुई नेताबीच करिब ५ घण्टा लामो छलफल भएको थियो । उनीहरुबीच मिलेर जानेबारे समझदारी बनेको दुवै तर्फका नेताहरुको दाबी छ ।
२१ फागुनको निर्वाचनमा बालेनलाई नै प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिनुपर्ने लामिछानेको प्रस्ताव छ । लामिछानेको प्रस्तावलाई बालेनले सकारात्मक रुपमा लिएको बताईन्छ । निस्किने बेलामा उनीहरु एउटै गाडीमा निस्किएका थिए । रास्वपा सभापति लामिछानेले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्तासमेत गरिसकेका छन् । सो भेटमा उनले तोकिएकै मितिमा निर्वाचन गराउनको लागि सरकारलाई आफ्नो दलको साथ रहने प्रतिबद्धता जनाएका थिए । file photo




प्रतिक्रिया