राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डलाई शीतलनिवास बोलाए


काठमाडौं, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शीतलनिवासमा बोलाएका छन् ।

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डलाई छलफलका लागि शीतलनिवासमा बोलाएका हुन् । राष्ट्रपति पौडेल र पूर्व प्रधानमन्त्रीत्रयबीच आज तीन बजेदेखि छलफल हुने बताइएको छ ।