कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं, पुस ९ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । केन्द्रीय पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधिसभा निर्वाचन लगायतका विषयमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता नटुंगेको लगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरेफेरको तयारी गरिएको छ ।