सरकारी वार्ता टोली आज रास्वपा मुख्यालय जाँदै


काठमाडौं, ९ पुष । सरकारी वार्ता टोलीले आज पनि विभिन्न दलको कार्यालय अवलोकन र ती दलका नेताहरुसँग भेटवार्ता गर्ने भएको छ । २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचन सफल बनाउनको लागि सरकारले राजनीतिक दलहरुसँग वार्ताको लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । सो समितिको संयोजकको भूमिकामा कानूनमन्त्री अनिलकुमार सिन्हा रहेका छन् ।

यो समितिले प्रमुख राजनीतिक दलहरु कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका कार्यालय र यसका नेताहरुसँग छलफल गरेको थियो । आज भने रास्वपा, राप्रपा र जनमतको पार्टी कार्यालयमा पुगेर छलफल गर्ने भएको छ । समितिमा संयोजक सिन्हासहित सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।