२१ फागुनको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल


काठमाडौं, ९ पुष । सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई लोकतान्त्रिक, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज जनमत पार्टीको कार्यालय पुग्दा चुनावको सकारात्मक वातावरण बनेको मन्त्री खरेलको प्रतिक्रिया छ ।

उनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचनको कुनै विकल्प नरहेको र पार्टी चुनावका लागि सक्रिय रूपमा जुटिरहेको बताउँदा खुशी लागेको बताए । उनले भनेका छन्,‘सबै राजनीतिक दलको सहभागितामार्फत लोकतन्त्र सुदृढ बनाउने दिशामा हामी अघि बढिरहेका छौँ ।