काठमाडौं, ९ पुष । सरकारी वार्ता टोली राप्रपाको मुख्यालयमा पुगेको छ । तोकिएकै मितिमा निर्वाचन गराउने दायित्वमा रहेको वर्तमान सरकारले दलहरुसँगको सम्वादलाई तिव्रता दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक सम्वाद गर्नको लागि कानूनमन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति नै गठन गरेकी छिन् ।
यो समितिले हिजो कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पाटीृको मुख्यालय भिजिट गरेको छ। आज भने जनमत पार्टी कार्यालयमा पुगेर अध्यक्ष सिके राउतसहितका नेताहरुसँग छलफल गरिसकेको छ । अहिले राप्रपाका नेताहरुलाई भने राप्रपाको केन्द्रीय कार्यालय पुगेको छ ।
राप्रपाका नेताहरुसँगको भेटवार्ताबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचन नै लोकतन्त्रको सही बाटो हो भन्ने विषयमा राप्रपा दृढ देखिएको पाउँदा खुशी लागेको भनेर प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्–‘राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर आगामी निर्वाचनका विषयमा सरकारको काम र पार्टीले गरिरहेको तयारीबारे छलफल भयो । निर्वाचन नै लोकतन्त्रको सही बाटो हो भन्ने विषयमा राप्रपा दृढ देखिएको पाउदा खुशी लागेको छ ।’




प्रतिक्रिया