काठमाडौँ, ९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक जारी रहेको हो । बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रिय सभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडैलका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको छ । कार्यतालिकाअनुसार काम हुन नसकेपछि महाधिवेशनको मिति हेरफेर हुनसक्ने सम्भावना रहेको पनि बताइएको छ ।




प्रतिक्रिया