सरकारको राजनीतिक संवाद कार्यदल रास्वपाको केन्द्रीय कार्यालयमा पुग्यो, के-के भयो कुराकानी ?


काठमाडौं, ९ पुस । नेपाल सरकारको उच्चस्तरीय राजनीतिक संवाद कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीको अनुगमन गरेको छ ।

राजनीतिक भेटघाट कार्यक्रमअन्तर्गत संवाद कार्यदल संयोजक तथा कानुन मन्त्री अनिल सिन्हा, सुचना तथा सञ्चार मन्त्री जगदीश खरेल र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले रास्वपाको केन्द्रीय कार्यालय अनुगमन गरेको हुन् ।

राजनीतिक संवाद कार्यदलको टोलीलाई उपसभापतिहरु डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झालगायतले स्वागत गरेका थिए ।