काठमाडौं, ९ पुष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले सर्वपक्षीय सरकारको माग गरेको छ । वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जनेजी आन्दोलनको मर्म र भावनाको कदर गर्न नसकेको भन्दै सो दलले वर्तमान सरकारलाई भंग गरेर सर्वपक्षीय सरकार बनाउन माग गरेको हो ।
नेकपा माओवादीले तत्काल संविधान संशोधन गर्नुपर्ने पनि भनेको छ । सो दलले विभिन्न १३ बुँदे माग अघि सारेको छ। ती मागहरु आगामी १० दिनभित्र पूरा नगरे सडक संघर्ष गर्ने पनि चेतावनी दिईएको छ ।






प्रतिक्रिया