भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते


नयाँदिल्ली, ९ पुस । भारतको उत्तरपूर्वी राज्य आसाममा दुई आदिवासी समूह बिच भएको झडपमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ । प्रहरीका अनुसार घाइतेहरूमा केही प्रहरीहरू पनि रहेका छन् ।

आसामको कार्बी आङ्लोङ जिल्लामा दुई लडाकु आदिवासी समूह बिच झडप भएको बताइएको छ । एउटा आदिवासी समूहले अर्को समूहका मानिसहरू बाहिरी भएको आरोप लगाए र उनीहरूलाई क्षेत्रबाट निष्कासन गर्न माग गरे ।

हिन्दुस्तान टाइम्सको एक अनलाइन रिपोर्ट अनुसार, प्रदर्शनकारीहरूको एउटा समूहले व्यावसायिक चरा आरक्ष र गाउँ चरा आरक्ष भूमिबाट कथित “अवैध बसोबास गर्नेहरू“ लाई निष्कासन गर्न माग गर्दै विगत दुई हप्तादेखि भोक हडताल गरेको थियो ।

भिडले कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलिराम रोङ्हाङको घर जलाए, जसले गर्दा खेरोनी र डोङ्कामोकमसहित धेरै क्षेत्रमा अशान्ति फैलिएको जनाइएको छ ।

पछिल्ला केही दिन देखि हिंसात्मक घटनाहरूको श्रृङ्खलामा, विद्रोहि समूहका व्यक्तिहरूले कार्बी आङ्लोङमा विपक्षी समूहका मानिसहरूका धेरै पसलहरू जलाएको जनाइउको छ । रासस