काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मा पूर्णबहादुर खड्कालाई दिएको भएपनि सबै अधिकार आँफैले राखेको बताएका छन् । आज (बुधबार) पार्टी कार्यालयमा कार्यसम्पादन समितिको बैठकपछि मिडियाकर्मीहरुसँगको कुरामा थापाले यस्तो बताएका हुन् ।
उनले खड्कालाई नाममात्रको कार्यवाहक सभापतिको संज्ञा दिए । अहिलेपनि सबै शक्ति सभापति देउवाले नै राखेको थापाको गुनासो छ । उनले भने,‘‘सभापतिले कार्यवाहक दिनुभएको छ । नाम मात्रको कार्यवाहक दिनु भयो । आजको बैठकमा आउनु भएको छैन तर, सबै शक्ति उतै (देउवाकहाँ) छ।’ आजको बैठकमा थापाले महाधिवेशनको तयारीबारे भएको प्रगति सुनाएका थिए ।




प्रतिक्रिया