काठमाडौं, ९ पुष । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आजै एकता हुने भएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठकाअनुसार आज साँझ ६ बजेर ५७ मिनेटको समय तोकेर नै एकता हुने भएको छ ।
एकता सहमतिको कार्यक्रम भने राप्रपा मुख्यालयमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनकाअनुसार एकताको समय पनि साईत जुराएर तोकिएको छ । लिङ्देन र थापाबीच पछिल्लो समय पार्टी एकताको विषयमा निरन्तर छलफल जारी थियो । श्रेष्ठले दुई दलबीच एक बुँदे सहमतिमा एकता हुन लागेको छ ।




प्रतिक्रिया