काठमाडौं, पुस १० । नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले समयको मागअनुसार हरेक राजनीतिक दलले आफ्ना संरचना, सोच र अभ्यासलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेकाले पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउदै उनले समाजिक सञ्जाल फेसबुकमार्फत अत्यधिक द्वन्द्व र अनावश्यक झगडाबाट मुलुकले निकास नपाउने स्पष्ट पारेका छन् ।
संविधान संशोधनको विषयमा आफ्नो गहिरो चासो रहेको जनाउँदै नेता भण्डारीले यस सम्बन्धमा सबै पक्ष, अनुभवी व्यक्तित्व तथा विज्ञहरूसँग खुलेर छलफलमा सहभागी हुनसमेत आफू इच्छुक रहेको उल्लेख गरेका छन् । संवाद, समझदारी र सहमतिबाट मात्र समाधान सम्भव रहेकाले सानो विषयलाई अनावश्यक रूपमा ठूलो बनाएर विवाद सिर्जना गर्नु नबुद्धिमानी हुने उनको भनाई छ । समस्या समाधानतर्फ केन्द्रित बहस नै आजको आवश्यकता रहेकाले तिललाई पहाड नबनाई पहिला “मुलुक“ भन्ने सोच राख्नुपर्ने उनले धारणा राखेका छन् ।
उनले लेखेका छन्, ‘संविधान संशोधनको विषयमा मेरो गहिरो चासो छ। यस सम्बन्धमा सबै पक्ष, अनुभवी व्यक्तित्व तथा विज्ञहरूसँग खुलेर छलफलमा सहभागी हुन म इच्छुक छु।
समयको मागअनुसार हरेक राजनीतिक दलले आफ्ना संरचना, सोच र अभ्यासलाई परिमार्जन गर्दै अघि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ। अत्यधिक द्वन्द्व र अनावश्यक झगडाबाट मुलुकले निकास पाउँदैन; संवाद, समझदारी र सहमतिबाट मात्र समाधान सम्भव हुन्छ।
सानो विषयलाई अनावश्यक रूपमा ठूलो बनाएर विवाद सिर्जना गर्नु हुँदैन—समस्या समाधानतर्फ केन्द्रित बहस नै आजको आवश्यकता हो। तिल लाइ पहाड बनाउनु हुदैन !!! पहिला “मुलुक“ भन्ने सोच निकास हो ।’




प्रतिक्रिया