मुख्यमन्त्री शाहद्वारा क्रिसमसको शुभकामना


सुदूरपश्चिम, १० पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्पूर्ण नेपाली इसाई धर्मावलम्बीप्रति सुख, शान्ति,समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्रीले प्रेम, करुण र शान्तिको सन्देश फैलाउने यो पर्वले सबै नेपाली बीच आपसी विश्वास, प्रेम,एकताको भावनालाई अझ गहिरो बनाउँदै उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा उनले क्रिसमसजस्ता चाडपर्वहरुले विविध धार्मिक तथा सांस्कृतिक पहिचानयुक्त समुदायहरुरूबीच आपसी सद्भाव,सहिष्णुताका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान गरेका बताएका छन् । रासस