प्रतिनिधिसभा निर्वाचनः गोरखा १ बाट प्रचण्डसहित ५ जनाको नाम सिफारिस


काठमाडौं, १० पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गोरखा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारमा गोरखा–१ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ जनाको नाम सिफारिस गरेको छ । गोरखा– १ बाट प्रचण्डसहित हरिराज अधिकारी, जघन खनाल, सागर श्रेष्ठ र शोभा थापाको नाम सिफारिस भएको छ ।

त्यसैगरी, गोरखा क्षेत्र नं. २ बाट नारायन काजि श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ नेउपाने, सानुमया बस्नेत र अनिश अर्यालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ कमला नहर्की, छम बहादुर तमु, भगवती भट्ट, कविता अर्याल, सुदिप नगरकोटी र कञ्चन कुमालको नाम सिफारिस भएको छ ।

त्यसैगरी, राष्ट्रिय सभातर्फ खोप बहादुर कँडेलको नाम सिफारिस भएको छ ।