बालेन र रविबीच मिटिङ भइरहेको अवस्थामा सुदनले लगाइदिए गेटमा ताला


काठमाडौं, १० पुस । मिलेर आउन दवाब दिँदै हामी नेपाली संस्थाका संस्थापक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई मिटिङ भइरहेको घरमा थुनिदिएका छन् । बालेन र रविबीच मिटिङ चलिरहेको अवस्थामा गेटमा तालाबन्दी गरेर उनीहरुलाई मिल्नको लागि दवाब दिएको सुदनले बताए ।

‘हाम्रो दुई जना नेताहरु भित्र हुनुहुन्छ । जबसम्म दुई जना नेताहरु मिल्नुहुँदैन, तबसम्म यो गेट खोलिँदैन । ताला लगाएर राख्दिराखेका छौं । हाम्रो मेयरसाब र रवि लामिछाने । हामी चाहिँ गार्ड, मिलेमात्रै ठीक छ, नमिले सबै जनालाई थुन्दिएको,’– उनले भने ।